जाम खुलाउन छोडेर 'सी' बिचारको पछि लाग्ने सरकारबाट के आशा गर्ने: नेता सिंह - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

जाम खुलाउन छोडेर ‘सी’ बिचारको पछि लाग्ने सरकारबाट के आशा गर्ने: नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सडकको जाम खुलाउन छाडेर सी जिनफिङ बिचारको पछि लागेर नागरिकप्रति अन्याय गरेको आरोप लगाएका छन् ।

नेता सिंहले नौबिसे-नागढुंगाको सवारी जाम पनि खुलाउन नसकेको र जाममा परेर विरामीको मृत्यु हुँदासम्म पनि दुई तिहाइ बहुमतको सरकारले सहजरुपमा यात्रा गर्ने वातावरण बनाउन नसकेको भन्दै आलोचना समेत गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार बिहान आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले जनजीवन अस्तव्यस्त हुँदा पनि सरकार चूप लागेको बताए । उनले भने, ‘बजार भाउ अनियन्त्रित छ, जनजीवन अस्तब्यस्त छ, यस्तो अवस्थामा सरकारको कुनै उपस्थिति नदेखिनु दुःखद छ ।’

‘यो सरकारले सडकको जामसमेत खोल्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन, हरेक ठाउँमा असफल भएको छ,’ उनले भने । जाममा घण्टौंसम्म बस्दा बिरामीको मृत्यु हुँदासमेत बाटो खुलाउन सरकारले ध्यान नदिनु लाजमर्दो भएको उनले बताए ।