प्रकाश सपुत र सुनिता दुलालको देउसी भैलो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रकाश सपुत र सुनिता दुलालको देउसी भैलो



काठमाडौं– प्रकाश सपुत र सुनिता दुलालको नयाँ देउसी गीत ‘उज्यालो तिहार’ सार्वजनिक भएको छ। नेपालीहरुको रमाइलाे पर्व तिहारको संघारमा उक्त गीत सार्वजनिक भएको हो।

तिहार सम्बन्धित मौलिक शब्द र लोक लयमा तयार देउसी गीतमा गायक सपुतकै शब्द, संगीत छ। गीतमा सपुत र सुनिताका साथमा डिबी गुरुङ, अर्जुन सुनम र टीका पुनले पनि स्वर दिएका छन्।

सार्वजनिक भिडियोमा गायक,गायिकाका साथ अग्रज कलाकारहरु लक्ष्मी गिरि, सुरवीर पण्डित, सुवर्णा दुलाल थापा, राजेश कार्की लगायतको अभिनय छ।