प्रकाश सपुतको अर्को हृदयबिदारक गीत (भिडियो सहित) - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

प्रकाश सपुतको अर्को हृदयबिदारक गीत (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर चर्चा मा रहेका गायक प्रकाश सपुत ले फेरी अर्को मनै छुने गीत “बोल माया ” सार्वजनिक गरेका छन् ।

देशमा भर पर्दो रोजगारीको व्यवस्था नभए पछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ । यस्तै यर्थाथ कथामा आधारित प्रकाश सपुतको लेखन, सङ्गीत, रचना र निर्देशनमा बनेको गीतमा फिल्म निर्देशक तथा गायक नारायण रायमाझी, शान्ति श्री परियार र प्रकाश सपुतको स्वर छ ।

यस्तै गीतको भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी र सितारे गन्दर्भको निकै मन छुने अभिनय देख्न सकिन्छ भिडियोलाई करण चैसिरको छायाङ्कनमा प्रवीण भट्टले सम्पादन गरेका छन् । गीत पृथ्वी ईन्टरटेन्मेट र भाका नेपालको संयुक्त प्रस्तुतिमा बजारमा आएको छ ।