प्रकाश सपूतको कालजयी गीत "नौरङ्गी सपना" सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

प्रकाश सपूतको कालजयी गीत “नौरङ्गी सपना” सार्वजनिक(भिडियो सहित)



जिबि आग्री /काठमाडौ ।

बहुचर्चित तथा लोक भाकाका सुरिला सर्जक तथा गायक प्रकाश सपुतको अर्को कालजयी गीत नौरड्गी सपना हालै मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट शव्द , सुमधुर लय सुरिलो स्वर भएको सो गितमा प्रकाश आफैले निर्देशन गरेको भिडियो तारिफ योग्य छ । एउटा उत्कृष्ट सामाजिक कथामा महिला र छोरी प्रतिको माया र हौसलाले समाज परिवर्तन गराउन सक्छ भन्ने सन्देश दिन उनले भिडियोमा कुनै कसर छोडेका छैनन् । छोरी प्रतिको माया र शिक्षा को महत्त्व झल्किएको सो भिडियो हरेक कोणबाट उत्कृष्ट छ ।

मञ्जु विक,काजल गुरुङ र प्रकाश सपुतको स्वर रहेको उक्त भिडियोमा अभिनय गर्ने कलाकारहरु को ठुलो जमात नै देखिन्छ । लोक दोहरी क्षेत्रका चर्चित अनुहारहरु हिवाला गौतम,दिपाशा वि.सि ,प्रकाश सपूत,अञ्जली अधिकारी,करिश्मा ढकाल,आरुषी मगर,सृजना रेश्मी मगर तथा सावु राई र विराज थापाको अभिनय रहेको छ ।

यो भिडियो भन्दा पहिला पनि प्रकाश सपूतले “बोलमाया”बाट दुनियालाइ रुवाएका थिए भने अहिले पनि तीज आउदै गर्दा छोरीको महत्त्व बोध गर्ने गीत सृजना गरेर फेरि एक पटक चर्चामा आएका छ्न ।
गीतको पुरै म्युजिक भिडियो यस्तो छ ।

भिडियो हेर्नुहोस :