एउटा फिल्म खेलेको २ करोड सम्म लिने गर्छन प्रकाश राज - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

एउटा फिल्म खेलेको २ करोड सम्म लिने गर्छन प्रकाश राज



एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए ।

दक्षिण भारतीय फिल्ममा एक खाले आफ्नो भिन्न परिचय बनाएका प्रकाश राजको जन्म सन् १९६५, मार्च २६, कर्नाटकमा भएको थियो । उनले सेन्ट जोसेफ कलेज अफ कमर्शबाट आफ्नो अध्ययन पुरा गरेका थिए ।

उनको रियल नाम प्रकाश राय हो । तर, उनको नाम फिल्म निर्देशक के वालाचन्दरले फेरिदिएका हुन् । सन् १९९४ मा उनले अभिनेत्री ललितासँग विवाह गरेका थिए । उनका दुई छोरी एक छोरा छन् । सन् २००९ मा उनले ललितासँग डिभोर्स गरेका थिए । सन् २०१० मा उनले पोनी वर्मासँग विवाह गरे । उनी र पोमीको एउटा छोरा पनि छन् ।

उनले दुदर्शनमा प्रसारण हुने सिरियलबाट आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि उनले कनडा फिल्महरुमा आफ्नो भाग्य चेक गरे । सन् २००९ मा उनी वाण्टेड फिल्ममा भिलेनको रुपमा देखिए । त्यसपछि उनी लगातार भिलेनका रुपमा धेरै फिल्महरु देखिए ।

प्रकाश राज १५० करोड भारतीय रुपैयाँका मालिक हुन् । उनी एउटा फिल्ममा अभिनय गरेको २ करोड सम्म लिने गर्छन् । उनको फिल्म प्रडक्सन हाउस पनि रहेको छ । उनको मुम्बईमा आलिशान घर रहेको छ । उनीसँग भर्ना, इनोभा, स्कर्पियो जस्ता गाडीहरु रहेका छन् ।