प्रकाश सपुत र प्रीतिको 'दोहोरी ब्याटल २' (भिडियो सहित) - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

प्रकाश सपुत र प्रीतिको ‘दोहोरी ब्याटल २’ (भिडियो सहित)



काठमाडौं- प्रकाश सपुत र प्रिती आलेको ‘दोहोरी ब्याटल २’ सार्वजनिक भएको छ ।

दोहोरी ब्याटल दर्शकले सर्वाधिक रुचाएपछि यी दुईले यसको दोस्रो भाग सार्वजनिक गरेका हुन् ।

प्रकाश सपुतकै लय तथा संगीत रहेको गीतलाई करण चैसिरले खिचेका हुन् । श्यामश्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ गरेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

प्रकाश सपुतले निर्देशन गरेको गीतको भिडियोको कोरसमा बब्लु, श्याम,पोषण, सचिन, प्रविन, सबिता, उषा, पुजा, सुम्निमा र रोशनीलाई देख्न सकिन्छ ।