प्रकाशमान सिंहले भने : अब काङ्ग्रेसलाई जनताले बिस्वास गर्दैनन् - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रकाशमान सिंहले भने : अब काङ्ग्रेसलाई जनताले बिस्वास गर्दैनन्



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् । आइतबार कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले कांग्रेसले आफूलाई आन्तरिक कलह समाप्त गरेर विधि विधानअनुसार नयाँ संरचनामा नलगेसम्म विगतको इतिहासलाई भजाएर जनता आकर्षित गर्न नसकिने बताए ।

‘‘२००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न सक्दैनन् । त्यसका लािग पार्टीभित्रको संस्थागत सुधार गरेर, विधि विधानबाट चलाएर मात्रै कांग्रेस एकढिक्का बनाउनुपर्छ,’’ उनले भने ।

जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझावहरु दिएका कारण नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने र त्यही अनुसार परिवर्तन गर्नुपर्ने नेता सिंहको भनाइ थियो । उनले नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने दोहोर्याए ।

ओली सरकारले एकपछि अर्को गर्दै विभिन्न विधेयकहरु ल्याएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै नेता सिंहले त्यसका विरुद्ध कांग्रेसले संसदमा सशक्त प्रतिकार गरेको उल्लेख गरे । चुनावको समयमा ‘कम्यिुनस्टले जिते रुन पनि पाइँदैन’ भन्दा कांग्रेस के भएको, के बोलेको भन्ने प्रेसमाथि आज अंकुश लगाउने मिडिया बिधेयक ल्याएपछि मात्रै सञ्चार जगतको होस खुलेको उनले बताए ।