सरकारले आफूमाथि दमन गर्न हल्ला फैलाएको प्रकाण्डको खुलासा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सरकारले आफूमाथि दमन गर्न हल्ला फैलाएको प्रकाण्डको खुलासा



काठमाडौँ – विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमाथि आक्रमण नगरेको दाबी गरेको छ ।

सोलुखुम्बुको महाकुलुङको एक प्रहरी चौकीमा नेकपाले आक्राण गरी कब्जामा लिने असफल प्रयास गरेको समाचार बाहिरिएपछि पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति निकालेर खण्डन गरेका हुन् ।

नेकपाले सरकारले आफ्रूमाथि दमन गर्नका लागि चौकीमाथि आक्रणम गरेको निधाराधार हल्ला चलाएको दाबी गरेको छ ।

प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘आइतबार सोलुखुम्बुमा हाम्रो पार्टीद्धारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्र पूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै पनि घटना नभएको स्पष्ट गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यसप्रकारको समाचार फेक न्युज ल्याएको स्पष्ट गर्न चाहन्छौं ।’

नेकपाको गतिविधि बढेको भन्दै सोलुखुम्बुमा सुरक्षा निकायले सतर्कता बढाएको छ ।

बिज्ञप्ति