प्रतिष्ठान बारे जंगीए पराजुली क-कसलाई के भने (भिडियो) - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रतिष्ठान बारे जंगीए पराजुली क-कसलाई के भने (भिडियो)



समीर प्रकाश पाण्डे

काठमाडौं: लोक तथा दोहोरी क्षेत्रका नक्षत्रका रूपमा रहेका प्रजापति पराजुली लामो समय देखि लोक सङ्गीत पारखीहरूको मन मुटुमा बस्न सफल भएका वरिष्ठ गायक हुन । लोक दोहोरी क्षेत्रमा बेला बेलामा आउने विकृति विसङ्गतिप्रति कुरालाई कटाक्ष गर्दै लोकदोहोरी क्षेत्रलाई पवित्र बनाउनको लागि विभिन्न स्टेज कार्यक्रममा लाईभ दोहोरीबाट पनि सन्देश फैलाउने गरेको पाइन्छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष एवम् कास्कीका प्रमुख संरक्षक प्रजापति पराजुलीको हिजो बेलुका प्रतिष्ठानको विषयमा बोलेको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले प्रतिष्ठान भित्रको राजनीतिलाई छरपष्ट पारिएदिएका छन् ।

भिडियोमा बोलिएको केहि सब्द हुबहु यस्ता छन्

-कुजातलाई महासचिप बनाइयो ।

-दुर्गा रायमाझी खुबी भएर अध्यक्ष भएका होइनन्, मैले बनाइदिएको हो ।

-घर बनाउने कुरा -कुनै मईकालाल ले गरेको हैन, जग्गामा राजनीति भयो ।

-मलाई यहाँ पोखरामा ठुलो नबनाउ, मलाई केन्द्रमा हाई हाई गराओ केटा केटी हो !

-ऋषिलाल काठ ठेकेदार लाई ल्याउन हुन्न, पार्वती को व्यक्तिगत सम्बन्धको कारण ऋषिले चुनाव जित्यो / रौसि मासु खुवाएर ऋषिले चुनाव जित्यो । मलाई पिडा भयो ।

-सिनियरलाई मान्नुपर्छ भन्ने विषयमा दुर्गा र पुरुषोत्तम बोल्देको भए रामजी खांड को ठाउँमा पार्वती उपाध्यक्ष हुन्थी ।

-प्रजापतिलाई सबै थाहा छ त्यो बोल्यो भने हामी पछि परिन्छ भन्ने डर छ / विष्णु खत्रीलाई पुरुषोत्तमले बोके मैले काँग्रेस भन्ने जानेरै पनि चन्द्रलाई अध्यक्ष बनाएको हो ।

-जुनालाई पनि कान्छी भन्दिने / रितालाई पनि कान्छु भन्दिने , शिवलाई स्याना भन्दिने – आमने सामने भएपछि –ओए ..भनेर मैले भन्ने बित्तिकै मुन्छे लाइनमा आएका हुन् ।

-कान्छु भनेर चाट्नेलाई आउट गर्नुपर्छ तर मेरो मुन्छेलाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्छ ।

-यदि मैले राजनीति गरेको भए, दुर्गा रायमाझीलाई दुई कार्यकालको अध्यक्ष बनाउने थिएन। राजनीतिले होइन गलत प्रविदी र गलत मनस्थितिले गर्दा संस्था बिग्रेको हो।-

बाकिँ भिडियो हेर्नुहोस्

https://youtu.be/nd5vb_aD4Y0