मओवादी केन्द्रलाई खुसीको खबर: चितवनमा ४ दिनमा प्रचण्डले गरे चमत्कार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मओवादी केन्द्रलाई खुसीको खबर: चितवनमा ४ दिनमा प्रचण्डले गरे चमत्कार



चितवन/कात्तिक २०  ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ चितवन यति बेला चितवनमा छन । गएको कात्तिक १६ गते चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा ददस्यका लागि उम्मेदवार दर्ता गर्न प्रचण्ड चितवन आएका हुन । गृह जिल्ला चितवन आएसँगै प्रचण्डले केहि नयाँ कुरा बोल्ने गर्छन ।

त्यसैले प्रचण्ड चितवन आएपछि सबैको ध्यान यतैतिर तानिन्छ ।चितवन यस्तो ठाउँ हो जहा“ हरेक नेपाली राजनीति परिवर्तनको लागि अभियानको आरम्भ हुने गरेका छन । चाहे पञ्चायतको विरुदको अभियान ,०४६ सालको जनआन्दोल होस वा ०६२/०६३ को नै किन नहोस् । चितवनलाई परिवर्तनको उदगम स्थल मान्निछ ।नेपालमा गणतन्त्र स्थापनापछि दुई पटक पधानमन्त्री भएका प्रचण्ड नेपाली राजनीतिको अभिभावकको भूमिकामा छन् ।

उनी अहिले चितवन क्षेत्र नं ३ को प्रतिनिधीसभा उम्मेदवार हुन् । कात्तिक १६ गते मनोनयका लागि चितवन आएका प्रचण्ड ४ दिनसम्म चुनाबी प्रचारप्रसारमा व्यस्त रहे । मनोनयपछि उनले भरतपुर गेष्ट हाउस चौरमा संयुक्त बाम गठबन्धनको सभालाई सम्बोधन , माडीमा दिवाकर तिर्थमाया स्मृती पुरुष भलिबल प्रतियोगिताको उद्घाटन ,बाम गठबन्ध क्षेत्र नं ३ को सम्पर्क कार्यालयहरुको उद्घाट ,प्रचण्ड विजय अभियानको उद्घाटन गरे ।यस बिचमा उनका बाल्यकालका साथीसग पनि भेटघाट गरेका थिए ।

पुर्व प्रधानमन्त्री प्रचण्डले ४ दिनमा अन्य पार्टीका करिब २ हजार भन्दा बढी कार्यकर्तालाई पाटी प्रवेश गराए । प्रचण्ड क्षेत्र नं ३ मा उम्मेदवारको रुपमा आए सगै चितवनको राजनीतिले नया“ मोड लिएको छ । प्रचण्डको उम्मेदवारी पछि राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरे । नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको टिम पनि माओवादी केन्द्र मा प्रवेश गर्यो।

यसले चितवनको राजनीतिमा नया“ तरङग पैदा गरेको छ ।गृह जिल्ला चितवन भएपनि अन्य ठाउँ बाट चुनाव लड्दै आई रहेका उनी यस पटक आफ्नै ठाउँ बाट उम्मेदवारी दिएका छन । देशकै नेतृत्व सम्हालि सकेका प्रचण्डले चितवन क्षेत्र नं ३ मा जिते चितवनकै विकास हुने आशा गरिएको छ ।

उनले चितवनको विभिन्न क्षेत्रमा पुगेर स्थान विशेष विकास निमार्णको घोषणा गरेका छन् । ४ दिने जिल्ला बसाईले उनको पक्ष्ँमा जनलहर सिर्जना भएको छ । यसले उनको जितलाई थप मजबुद बन्दै गएको देखिन्छ ।