प्रहरीलाई मिल्यो सफलता : फरार अभियुक्त सात वर्षपछि पक्राउ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रहरीलाई मिल्यो सफलता : फरार अभियुक्त सात वर्षपछि पक्राउ



काठमाडौं  ।। सात वर्ष अगाडि दुई जनाको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार बाँके कोहलपुर नगरपालिका ११ स्थित न्यूरोडबाट नरेश कुमार कुमाल चौधरीलाई पक्राउ गरेको हो।

उनी हत्यापछि देशभित्र नै लुकिछिपि बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। २०६७ साल जेठ २३ गते अभियुक्त चौधरीले ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीय आशु कुमारी कुमाल चौधरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।