अभिनेता प्रदीप खड्कामाथि चोरीको आरोप किन ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अभिनेता प्रदीप खड्कामाथि चोरीको आरोप किन ?



अर्काको सिर्जना चोर्न नेपाली फिल्म मेकर सिपालु छन् । अरुले अथाह मेहेनतले सिर्जना गरेको दृश्य लाजै नमानी चोर्छन् । जब चोरमाथि प्रश्न उठ्छ, ‘संयोगले मिलेको’ जाफ दिन्छन् ।

अभिनेता प्रदीप खड्काको रिलिज हुन लागेको फिल्म ‘लभ स्टेशन’को ट्रेलरलाई अहिले चोरीको बात लागेको छ । फिल्मको ट्रेलरमा समावेश गरिएको केही दृश्य हुबहु टर्कीको एक फिल्मको दृश्यसँग मिलेपछि यसको आलोचना पनि भएको छ ।

‘हर से असक्तन’ नाममक टर्किस फिल्मको एक दृश्यसँग ‘लभ स्टेशन’को केही दृश्य हुबहु मिलेपछि आलोचना हुनु स्वाभाविकै हो । तर, नायक प्रदीप खड्काको यो स्वीकार्य होइन, चोरीलाई जायज बनाउन लागिपरेका छन् । उनको तर्कले त्यही बताउँछ ।

‘यति धेरै विषयमा फिल्म बनेका हुन्छन्, यसैले कतै न कतै मिल्न जान्छ ।’ उनको तर्क छ, ‘हामी सबैले गर्ने एउटै कुरा हो, तर नयाँ गर्ने हो । राम्रो हुन्छ भने प्रभावित हुनु नराम्रो होइन ।’

यो जानकारी आजको ‘सम्पूर्ण’ साप्ताहिकबाट ।