प्राधिकरण प्रमुख ज्ञवालीको दोस्रो स्पष्टीकरण आइतबार - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

प्राधिकरण प्रमुख ज्ञवालीको दोस्रो स्पष्टीकरण आइतबार



काठमाडौँ, पुस २३ गते ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोस्रो स्पष्टीकरणको जवाफ आइतबार मात्र बुझाउनुहुने भएको छ ।  शुक्रबार उहाँले दोस्रो पटक स्पष्टीकरण पत्र बुझाउनु भएको थियो ।

ज्ञवालीले बिहीबार सरकारलाई आफ्नो नेतृत्वमा प्राधिकरणले हासिल गरेका उपलब्धिसहित १२ पृष्ठ लामो पहिलो स्पष्टीकरण पत्रको जवाफ बुझाउनुभएको थियो ।  उहाँले दिनुभएको जवाफ चित्त बुझ्दो नभएको भन्दै शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थप स्पष्टीकरणका लागि पत्र पठाएको थियो ।

सरकारले ज्ञवालीलाई पठाएको पत्रमा पुनःनिर्माणका लागि विभिन्न निकायबीच समन्वय नभएको  भूकम्पपीडितलाई पुनर्वासको     व्यवस्था गर्न नसकेको, निर्देशक समितिले पटकपटक निर्देशन दिँदा पनि भूकम्पपीडितले निजी आवासको लागि रकम प्राप्त गर्न  नसकेको भन्दै तपाईंलाई किन नहटाउने भन्ने प्रश्न गरेको छ ।

शुक्रबार बिहान साढे ११ बजेतिर थप स्पष्टीकरणको पत्र प्राप्त गरेपछि ज्ञवालीले भन्नुभयो– ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पुनः स्पष्टीकरण पेस गर्न पत्र प्राप्त भएको छ ।