प्रधानमन्त्री नरेन्द्र मोदीको माओवादीद्वारा हत्या गर्ने षड्यन्त्र - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री नरेन्द्र मोदीको माओवादीद्वारा हत्या गर्ने षड्यन्त्र



पुणे, । भारत महाराष्ट्रको भीमा कोरेगाउँमा हिंसा आरोपमा पक्राउ माओवादीबाट प्रहरीले संदिग्ध इमेल र चिट्ठी फेला पारेको दाबी गरेको छ ।

ती मेल र चिठ्ठीमा पूर्व प्रधानमन्त्री राजीव गांधीको जस्तै गरी प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्यन्त्र गरिएको उल्लेख गरिएको प्रहरीले बताएको छ ।

माओवादीले मेलमा प्रधानमन्त्री मोदीको आगामी रोड शो कार्यक्रमलाई निशाना बनाने कुरा उल्लेख गरेको पुणे प्रहरीका दाबी छ । प्रहरीले ती सबै मेलका बारेमा अदालतलाई जानकारी गराइसकेको जानएको छ ।

गएको १ जनवरीमा भएको हिंसा प्रकरणमा प्रहरीले माओवादीको हात रहेको दाबी गरेको छ । हिसा आरोपमा केरल निवासी अधिकारीवादी रोना विल्सनसहित छ जनालाई प्रहरीले गिरफ्तारी गरिसेको छ ।

मोदी राज खत्म गर्न कदम चालौं

समाचार एजेन्सीका अनुसार, प्रहरीले माओवादीको आन्तरिक सञ्चारलाई निगरानीमा राखेको बताउदै त्यसमा भनिएको भनि प्रहरीले भनेको छ, ‘नरेन्द्र मोदीले १५ राज्यमा सरकार बनाएको । र यसरी नै अगाडि बढे माओवादीका लागि ठूलो खतरा उत्पन्न हुन्छ । कामरेड, मोदी राज खतम गर्न केही प्रभावकारी कदम चालौं । हामी यसका लागि राजीव गांधीको घटनाबारेमा सोचिरहेका छनैं । हुन सक्छ हामी सफल नहुम्ला तर यो एकदम राम्रो मौका हा । उनको रोड शोलाई निशाना बनाउन उचित हुनेछ ।’

यता प्रहरीले बिहीबार आरोपीहरुलाई अदालतमा उपस्थित गराएको छ । उनीहरुलाई १४ जूनसम्मका लागि हिरासतमा राख्न अनुमति दिइएको छ ।

प्रहरीले अदालतमा जानकारी दिदा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम त लिएन तर जुन मेलका बारेमा अदालतमा जानकारी दिइयो त्यसमा ‘राजीव गांधीको जस्तै हत्या’ को कुरा लेखेको दाबी छ । प्रहरी ५ चिठ्ठी पनि अदालतलाई दिएको छ । त्यसमध्ये एउटा रोना विल्सनको ल्यापटपमा फेला परेका हो ।

यो मोदीको हथकण्डा पनि हुनसक्छ कांग्रेस

कांग्रेस नेता संजय निरुपमले भने, ‘म यो भनिरहको छैन कि यो मामला पूरै झुठ हो , तर यो प्रधानमन्त्री मोदीको पुरानो हथकण्डा पनि हो । जब उनी मुख्यमन्त्री थिए, त्यति बेला उनको लोकप्रियता कम हुन लागेपछि हत्या षड्यन्त्रको कुरा प्रचार गरियो । यो कति सत्य हो भनि यसमा अनुसन्धान होस ।’ दैनिकभास्करबाट