प्रधानमन्त्री ओलीको पुत्ला दहन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रधानमन्त्री ओलीको पुत्ला दहन



धनगढी, कैलाली । धनगढीमा नेपाल विद्यार्थी संघले शुक्रबार प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ।

कम्युनिष्ट सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको विरोधमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ। कैलाली बुहमुखी क्याम्पसका विद्यार्थीहरुले सरकारको विरोधमा नारावाजी गर्दै क्याम्पस गेटमा पुत्ला दहन गरेका हुन्।

सरकारले बुहमतको आडमा चिकित्सा शिक्षा विधेयक पास गरेको विरोध र निर्मला पन्तका हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाउँदै पुत्ला दहन गरिएको नेविसंघ कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव देवेन्द्र जोशीले जानकारी दिए।