प्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख, कार्यकर्ता परिचालनका लागि ७ लाख ६५ हजार खर्च - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

प्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख, कार्यकर्ता परिचालनका लागि ७ लाख ६५ हजार खर्च



काठमाडौं ।। डडेल्धुरा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोग समक्ष २३ लाख ४ हजार ५ सयको चुनावी खर्च विवरण पेश गरेका छन्।

डडेल्धुरा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित देउवाले १० वटा शिर्षक अन्तर्गत रहेर आइतबार चुनावी खर्च विवरण आयोग समक्ष पेश गरेका हुन्। खर्च विवरण अनुसार देउवाले सबैभन्दा बढि खर्च कार्यकर्ता परिचालन र गोष्ठीमा गरेका छन्। गोष्ठी र कार्यकर्ता परिचालनका लागि उनले ७ लाख ६५ हजार खर्च भएको विवरण पेस गरेका छन्।

यस्तै, सवारी साधन र घोडाका लागि ४ लाख ५० हजार खर्च भएको छ भने कार्यालय सञ्चालनका लागि ४ लाख ५० हजार खर्च भएको विवरण पेश गरिएको छ।

देउवाले बुझाएको विवरण अनुसार सबैभन्दा कम खर्चचाहिँ मतदाता नामावली खरिदमा भएको देखिन्छ। त्यसका लागि उनले २५ सय खर्च भएको जनाएका छन्।

सवारी साधन, मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, कार्यकर्ता परिचालन, ढुवानी, कार्यालय सञ्चालन लगायतका शिर्षकमा खर्च भएको विवरणमा उल्लेख गरिएको छ।