प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुली र न्यायाधीशहरुको विवादबारे मुख खोले - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुली र न्यायाधीशहरुको विवादबारे मुख खोले



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे मुख खोलेका छन् ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था ।’

कतिलाई प्रधानमन्त्रीले न्यायालयबारे नबोले हुन्थ्यो भन्ने लागेको भन्दै उनले अघि भने, प्रधानमन्त्री एउटा नबालेर के हुन्छ र ? त्यहाँ न्यायालय भकभक उम्लिराख्या छ ।’

उनले हाँस्दै अघि भने, ‘अब के बोल्नु, के नबोल्नु ? बोलेर के हुने, नबोलेर के हुने ? बेञ्च बसेको छैन । न्याय पाउँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन् ।’

प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशका बीग ‘फाइभ सिक्स’ राजकीय पदहरु कहिले जन्मिएका हुन् भन्ने देशलाई थाहा नहुने अवस्था आएको बताए ।

उनले हास्दै भने, ‘प्रधानन्यायाधीश कहिले जन्मिएको देशले थाहा नपाउने । यो कुनै मल्ल युद्धको विषय हो ? कुस्ती खेल्ने विषय हो ?

‘जे साँचो हो त्यसको प्रमाण दिइन्छ र प्रमाणपत्र हुन्छ । एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र के गरेको यो ?’

अदालत, जहाँ मान्छेले आफ्नो आस्था अड्याउन चाहन्छन्, त्यहाँ बडो विचित्रको स्थिति देखिएको भन्दै उनले यो सैहृय नभएको बताए । संविधान र कानुनको वर्खिलाप जाने र एकअर्कालाई उपयोग गर्ने सिद्धान्त सरकारलाई स्वीकार्य नभएको उनले बताए । news24 बाट