प्रधानमन्त्री अोलीद्वारा डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रधानमन्त्री अोलीद्वारा डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो सङ्ख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताएका छन् ।

उनले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । रासस / फाइल तस्वीर :