कांग्रेस बागमतीको सभापतिमा भीमसेनदास प्रधानको दाबी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कांग्रेस बागमतीको सभापतिमा भीमसेनदास प्रधानको दाबी



काठमाडौं- नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने भएका छन्।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १६ र १७ मंसीरमा प्रदेश अधिवेशन हुन लागेको छ। त्यसका लागि उनले आज उम्मेदवारी घोषणा गर्न लागेका छन्। “मैले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु,” प्रधानले भने।

उनी २०७० को संविधान सभा निर्वाचनमा काठमाडौं-६ बाट निर्वाचित भएका थिए। पूर्व रक्षामन्त्री समेत रहेका प्रधान कांग्रेसको केन्द्रीय सदस्य छन्।

प्राध्यापन छोडेर राजनीतिमा आएका उनी नेपाल प्राध्यापक संघका पूर्वसभापति पनि हुन्। नेपाली कांग्रेस काठमाडौंको नेतृत्व गरिसकेका छन्।

अब प्रदेश नेतृत्वका लागि उम्मेदवारी दिने उनले बताए। आज दिउसो २ बजे शान्ति वाटिकामा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।