प्रदेश १ संरचना - सर्वसाधारण सडकमा - अनिश्चितकालीन बन्द - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रदेश १ संरचना – सर्वसाधारण सडकमा – अनिश्चितकालीन बन्द



काठमाडौँ – प्रदेश १ को प्रदेश संरचना निर्माणबारे विराटनगरवासी आन्दोलित भएका छन् र अनिश्चितकालीन बन्दमा उत्रिएका छन्।  यसले जनजीवन प्रभावित भएको छ।

सत्तारूढ नेकपा संसदीय दलको बैठकले विराटनगरलाई राजधानी तोक्दै, भौतिक संरचनाहरू र कार्यालयहरू इटहरी र सुन्दर हरैँचामा राख्‍ने निर्णय गरेको थियो। विराटनगरवासीहरूको माग भने ती संरचनाहरू विराटनगरमै राख्‍नुपर्ने भन्ने छ अर्थात् उनीहरूको माग विराटनगर नै पूर्ण राजधानी हुनुपर्छ भन्ने हो।

यसका लागि दबाब समिति गठन गरिएको छ र गठित शान्तिपूर्ण दबाब समितिमा काङ्ग्रेस, सङ्‌घीय फोरम, राजपा, उद्योगी तथा व्यवसायीहरु छन् । स्वयम् नेकपा विराटनगरसमेत आफ्नै पार्टीको निर्णयविरुद्ध दबाबमा सहभागी भएको छ।

अनिश्चितकालीन बन्दले साेमबार बिहानैदेखि जनजीवन प्रभावित भएको छ तथापि शैक्षिक संस्थामा भने बन्दको असर कम देखिएको छ ।

(फाइल तस्बिर)