आजको प्रदेश सभामा हुदैछ यो महत्वपूर्ण काम - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

आजको प्रदेश सभामा हुदैछ यो महत्वपूर्ण काम



आचार्य प्रदीप
बुटवल । प्रदेश नम्वर ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५।७६ को नीति कार्यक्रम आज प्रदेश सभामा पेश हुदै छ ।

बिहीवार साझ बसेको मन्त्रिपरिषदको बैठकले नीति कार्यक्रम पारित गरी प्रदेश सभा बैठकमा पेश गर्ने निणर्य गरेको हो । मन्त्रि परिषदको बैठकले नीति कार्यक्रम प्रदेश सभामा वाचन गर्नका लागि प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकारी दिए।

नीति कार्यक्रम पेश गर्न आज दिउसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाईएको छ ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश गरीएका नीति र कार्यक्रमलाई अद्यावधिक गरी केही बिषेश योजना र कार्यक्रमहरु समेटिएका छन ।

यस अघिको नीति कार्यक्रममा जस्तै कृषिलाई उच्च प्राथमिकता दिने र उद्योग तथा पर्यटनलाई आर्थिक समृद्धि र दीगो बिकाससंग जोडने बिषयलाई प्राथमिकता दिइने छ ।

त्यस्तै बुधबारको मन्त्रिपरिषद बैठकले निणर्य गरेको मुख्यमन्त्रि ग्रमिण बिकास कार्यक्रम र केही अन्य कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।