सरकारले टुंग्यायो प्रदेशको नाम, आजै निर्णय हुने
बुटवल । सरकारले आजै प्रदेश प्रमुखको नामबारे टुंगो लगाउने भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरेको थियो। तर निर्णय नभई बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ।
३ बजेको बैठकले सबै नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए।
भागबण्डा अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसका आधारमा नाम टुंगो लगाइएको हो। वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाममाथि बैठकमा छलफल भएको हो। बिहान साढे ९ बजेदेखि बैठक बसेको थियो।
प्रदेश प्रमुखमा कोको?
प्रदेश १ – गोविन्द सुब्बा
प्रदेश २ -उमाकान्त झा
प्रदेश ३ -अनुराधा कोइराला
प्रदेश ४ -बाबुराम कुँवर
प्रदेश ५ -रत्नेश्वर कायस्थ
प्रदेश ६ -चन्द्रकृष्ण घिमिरे
प्रदेश ७ -वसन्तराज मल्ल