प्रदेश प्रमुखहरुको नाम केहीबेरमा: यस्तो छ तयारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ । उक्त बैठकले सातै प्रदेशमा नियुक्त गरिने प्रदेश प्रमुखहरुको सम्बन्धमा निर्णय लिने सचिवालय स्रोतले जानकारी दिएको छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । उनीहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
सचिवालय स्रोतका अनुसार प्रदेश प्रमुखमा सोमनाथ प्यासी, तिलक परियार, धर्मनाथ यादवलगायतको नाम आएको छ ।
त्यस्तै शर्मिला त्रिपाठी, अमिक शेरचन, खेमराज भट्ट मायालु, केशव बडाल, अमृतकुमार बोहरा, महेन्द्रबहादुर पाण्डेको नाम पनि सचिवालय बैठकमा प्रस्तुत भएको स्रोतले जनाएको छ ।
प्यासी, परियार र यादवको नाममा भने लगभग सहमति भैसकेको स्रोतको दावी छ ।
सोमबार विहान ९ बजेका लागि नेकपाको सचिवालय बैठक डाकिएको छ ।