प्रदेश नं ७ मा काँग्रेसले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुङ्गो लगायो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रदेश नं ७ मा काँग्रेसले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुङ्गो लगायो



काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि ७ नम्बर प्रदेशबाट उम्मेदवारहरूको टुुुुङ्गो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले ७ नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चार जना उम्मेदवारहरूको टुंगो लगाएको जनाइएको छ ।

काँग्रेसले ७ नम्बर प्रदेशबाट बद्रीप्रसाद पाण्डेय, तारादेवी भट्ट, शेरीराम पार्की र छत्रराज जोशीलाई राष्ट्रिय सभा सदस्यका लागि उमेदवार बनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

निर्वाचन आयोगले माघ १५ गतेका लागि निर्धारण गरेको राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गतेभित्रै उमेदवारी टुंगो लगाइसक्नुपर्ने कार्यतालिका निर्धारण गरेको छ ।
आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्याअनुसार ७ नम्बर प्रदेशमा दुई सय २९ मतदाता रहेका छन् ।