प्रदेश नं ७ को राजधानी दिपायल हुनुपर्छ भन्दै अनिश्चितकालीन हड्ताल - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

प्रदेश नं ७ को राजधानी दिपायल हुनुपर्छ भन्दै अनिश्चितकालीन हड्ताल



डोटी । प्रदेश ७ को प्रदेश राजधानी दीपायललाई बनाउन माग गर्दै अनिश्चितकालीन हड्ताल गरेका छन् । अस्थायी सदर मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्द गरेको हो।

बुधबार बिहान बसेको प्रदेश नं। ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । सरकारले अस्थायी प्रदेश राजधानी औपचारिक रुपमा नतोके पनि यसको प्रस्ताव मंगलबार गरेको थियो । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।

राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना गर्दै आए पनि त्यसको सुनुवाई हुनुको सट्टा राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै चक्का जाम सुरु भएको हो । आन्दोलनकारीले ढुंगा, मुढा राखेर बाटो अबरोध गरेका छन् ।

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन भने चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।

फाइल तस्बिर :-