प्रदेशको अस्थायी राजधानी तोक्न नसक्नेले तत्काल सत्ता छाड्नुपर्यो :- एमाले नेता पण्डित - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रदेशको अस्थायी राजधानी तोक्न नसक्नेले तत्काल सत्ता छाड्नुपर्यो :- एमाले नेता पण्डित



काठमाडौं: नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रदेशको अस्थायी राजधानी  नसक्ने सरकारले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा पण्डितले वाम गठबन्धन सरकार बनेको एक हप्तामै प्रदेशको अस्थायी राजधानी तोक्ने दाबीसमेत गरे।

उनले भने, ‘प्रदेश राजधानी तोक्न कसैले रोकेको अवस्था छैन। तर यो सरकारले राजधानी तोकिरहेको छैन। सरकार तोक्न सक्ने हैसियतमा छैन भने सरकार छाड्नुपर्यो। हाम्रो सरकार बनेको एक हप्तामै प्रदेशको अस्थायी राजधानी तोक्छौ।’

प्रदेश मुकाम तोक्नका लागि अहिले विभिन्न ठाउँमा आन्दोलन चर्केपछि सरकार डराएको तर्क गरे।