प्रदेश ५ : प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

प्रदेश ५ : प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन



आचार्य प्रदीप
बुटवल । प्रदेश नम्वर ५ मा प्रदेश कानुन मस्यौदा बनाउन सदस्यीय प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन गरीएको छ ।

प्रदेश मन्त्रिपरिषदको बैठकले आयोग गठन गर्ने निर्णय गरीएको भएपनि आयोगका पदाधिकारीहरुलाई आज पत्र दिइएको छ ।

प्रमुख सचिव शंकर पाठक काठमाण्डौ गएको हुँदा केही ढिलाई भएको भएपनि आज पत्र बुझाउन लागिएको हो ।

प्रमुख सचिव पाठकका अनुसार आयोगको संयोजकमा बरिष्ठ अधिवक्ता डा. कुमार आचार्य र सदस्यमा अधिवक्ताहरु बिष्णु पोख्रेल र खुमाकान्त पौडेल रहेका छन् ।

आयोगको पदेन सदस्यमा प्रदेशका सहन्यायाधिवक्ता, मुख्यमन्त्रिको कार्यालयका कानुन उपसचिव र आन्तरीक मामिला तथा कानुन मन्त्रालयका कानुन महाशाखा प्रमुख रहने छन ।

आयोगको समय एक बर्ष रहेको पनि प्रमुख सचिव पाठकले जानकारी दिए ।आयोगले प्रदेशलाई आवश्यक ऐन कानुनको मस्यौदा गर्ने र सुझाव दिने छ ।