प्रदेश २ मा उपेन्द्र यादवलाई ठुलो झट्का - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

प्रदेश २ मा उपेन्द्र यादवलाई ठुलो झट्का



जनकपुरधाम– प्रदेश २ मा जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ठुलो झट्का लागेको छ । जसपाका १० जना प्रदेशसभा सदस्यले महन्थ ठाकुरको लोकतान्त्रिक सामाजवादी पार्टी रोजेपछि उनलाई झट्का लागेको हो।

बुधबार प्रदेश निर्वाचन कार्यालयमा १० जना प्रदेशसभा सदस्यहरुले लोसपाको पक्षमा सनाखत गरेका हुन्।

निर्वाचन आयोगले नयाँ दलमा जान चाहने जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मको समय दिएकोमा आज ११ जना जसपाका सांसदले लोसपामा सनाखत गरेका हुन्। बाँकी रहेका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने लोसपाका नेता तथा प्रदेश सांसद जितेन्द्र सोनलले जानकारी दिए।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साह रहेका छन्।

जितेन्द्र सोनल, अभिराम शर्मा, उपेन्द्र महतो लगायतका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गर्ने सोनलले बताए। प्रदेश २ को प्रदेशसभामा जसपाका कुल ५५ जना प्रदेशसभा सदस्यहरु रहेका थिए। जसमा पूर्वराजपाबाट २५ जना सांसद थिए।