प्रदेश स्तरिय एकदिने गाेष्ठि सम्पन्न - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

प्रदेश स्तरिय एकदिने गाेष्ठि सम्पन्न



चाँदनी अाचार्य / धनगढी ,कैैैलाली । 
त्रिभुवन बिश्व बिधालय शिक्षा शास्त्र संकाय डिन र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा चार बर्षे विएड चाैथाे वर्षकाे शिक्षण अभ्यासकाे पाठ्यक्रम सम्वन्धि प्रबाेधिकरण कार्यक्रम अाज धनगढिमा सम्पन्न भएकाे छ ।

प्रदेशस्तरिय उक्त कार्यक्रमकाे प्रमुख अतिथि त्रिभुवन विश्वबिध्यालय शिक्षाशास्त्र डिन कृष्ण प्रसाद गाैतम रहेका थिए । प्रदेश का सवै क्याम्पसका क्याम्पस प्रमुख , शिक्षण अभ्यास प्रमुखहरुकाे सहभागिता रहेकाे उक्त कार्यक्रम शिक्षाशास्त्र संकायका सहायक डिन रविकिरण अधिकारिकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

कैलाली वहुमुखि क्याम्पसमा संचालित उक्त कार्यक्रममा स्वागत मन्तब्य कैलाली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख पदमराज जाेशिले राखेका थिए भने कार्यक्रमकाे संचालन शिक्षण अभ्यास प्रमुख मीन कुँवरले गरेका थिए ।