प्रदेश ७ को राजधानी गोदावरी , नाम सुदुरपश्चिम - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रदेश ७ को राजधानी गोदावरी , नाम सुदुरपश्चिम



हिमाल पोस्ट / कैलाली । प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको छ । संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका – ४ तेघरी र प्रदेश राजधानीको नाम सुदुरपश्चिम राख्न सुझाव दिएको छ ।

अब भोलि प्रदेश सभामा पेश भएको प्रतिवेदन माथिको छलफल शुरु हुने छ । प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न पाउने छन ।