प्रदेश ५ को सभामुखमा माओबादी केन्द्रका पूर्ण घर्ती, प्रमुख सचेतकमा दधिराम न्यौपानेलाई पठाउने माओबादीको निर्णय - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश ५ को सभामुखमा माओबादी केन्द्रका पूर्ण घर्ती, प्रमुख सचेतकमा दधिराम न्यौपानेलाई पठाउने माओबादीको निर्णय



 बुटवल ।

प्रदेश नम्बर ५ को प्रदेशसभाको सभामुखमा माओबादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई पठाउने निर्णय गरेको छ ।

अबेर राती सम्पन्न माओबादी प्रदेश संसदियदलको बैठकले पुर्ण घर्तीलाई सभामुख, संसदियदलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको हो ।

सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तिको नाम चर्चामा आएपनि दलले घर्तिलाई सभामुखमा पठाउने निर्णय गरेको हो । माओबादीले यस अघि नै रोल्पाका कुल प्रसाद केसीलाई संसदियदलको नेता चयन गरिसकेको छ ।

संसदियदलको नेता र उपनेतालाई मन्त्री परिषदमा पठाउने ब्यक्ति छनौट गर्ने जिम्मा दिईएको समेत माओबादी श्रोतले जानकारी दिएको छ ।
बहुमत सहितको दाबी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरे लगत्तै पत्रकारहरुसंग कुरा गर्दै एमाले संसदियदलका नेता शंकर पोखरेलले सुरुमा ३ सदस्सीय मन्त्री मण्डल बनाउने संकेत गर्नुभएको थियो । पहिलो चरणको मन्त्री परिषदमा एमालेबाट बैद्यनाथ चौधरी र माओबादीबाट सुदर्शन बरालललाई नियुत्त गरिने पार्टी निकट श्रोतले जानकारी दिएको छ ।