वनमन्त्री प्रदीप यादव सर्वसम्मत उम्मेदवार सिफारिस - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

वनमन्त्री प्रदीप यादव सर्वसम्मत उम्मेदवार सिफारिस



काठमाडौं- वनमन्त्री तथा जसपाका नेता प्रदीप यादव बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् ।

२०७४ मा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका यादव यसपटक पनि जसपाबाट सिफारिसमा परेका छन्। साथै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेश सभाका लागि सिफारिस भएका छन्।

उनी प्रदेश १ को (ख) बाट सिफारिसमा परेका हुन्। यसअघि २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।

क्षेत्र नम्बर १ को कका लागि जसपाले जन्नत अन्सारीलाई सिफारिस गरेको छ। उनीपनि यही क्षेत्रबाट २०७४मा निर्वाचित भएका थिए। तीनै जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको जसपाका क्षेत्रीय अध्यक्ष घनश्याम गुप्ताले जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुको मतलाई आधार मान्ने हो भने जसपा सबैभन्दा बलियो छ। यो क्षेत्रमा वीरगंज महानगरपालिकाका वडा नम्बर २,४,५,७,८,११ देखि १६,२०,२१,२२ र २३ अनि ३० देखि ३२ सम्म पर्छन्।

वीरगंज महानगरको मेयर जसपाकै राजेशमान सिंह निर्वाचित भएका छन्। सिंहलाई सत्ता गठबन्धनको समर्थन थियो।