नेपाल-भारत सम्बन्ध सुधार गर्न सन्धि-सम्झौता सुधार्नुपर्छ : प्रदीप ज्ञवाली - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाल-भारत सम्बन्ध सुधार गर्न सन्धि-सम्झौता सुधार्नुपर्छ : प्रदीप ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप मजबुत् बनाउन सन्धि–सम्झौताहरुको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै बिहिबार यस्तो बताएका हुन् ।

ललितपरमा आयोजित एक कार्यक्रममा उनले भौगोलिक निकटता, संस्कृति तथा दुई देशका जनस्तरको आत्मियताले दुई देशको सम्बन्ध अडिएको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतको बढ्दो अर्थतन्त्रबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए ।

नेपालको समृद्धिको लक्ष्यमा भारत महत्वपूर्ण साझेदार हुनसक्ने भन्दै उनले भारत–नेपाल सम्बन्ध सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए ।