अस्ट्रेलियाका नेपालीलाई सुरक्षा दिन परराष्ट्रमन्त्रीले गरे टेलिफोन वार्ता - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

अस्ट्रेलियाका नेपालीलाई सुरक्षा दिन परराष्ट्रमन्त्रीले गरे टेलिफोन वार्ता



काठमाडौं– परराष्ट्रमन्त्री प्रदी ज्ञवाली र अष्ट्रेलियाका समकक्षबिीच टेलिफोनवार्ता भएको छ ।

मन्त्री ज्ञवालीले अष्ट्रेलियामा रहेका नेपालीहरुको स्वास्थ्य सुरक्षाका विषयमा त्यहाँका समकक्षीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा नेपालमा रहेका अष्ट्रेलियाली नागरिक र अष्ट्रेलियामा रहेका नेपाली नागरिकहरुको सुरक्षाका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै अष्ट्रेलीयाली नागरिकहरुको स्वदेश फिर्तीको विषयमा पनि छलफल भएको बताइएको छ ।