२ सय मत गन्दा विश्वप्रकाशभन्दा प्रदीप अगाडी - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

२ सय मत गन्दा विश्वप्रकाशभन्दा प्रदीप अगाडी



नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्।

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।
२०० मत गन्दा गगनले १२४ मत प्राप्त गरेका छन् ।

दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ६७, प्रकाशशरण महतले ७०, प्रदीप पौडेलले ७३ र मीनेन्द्र रिजालले ४० मत प्राप्त गरेका छन् ।

राजाराम कार्कीको पक्षमा भने ५ मत परेको छ ।
महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।

त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।

कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।

कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।