यी भए प्रचण्ड र ओलीबीच वार्ता ! - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

यी भए प्रचण्ड र ओलीबीच वार्ता !



काठमाडौं। आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।

ओली निवास बालकोटमा भएको छलफलमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजका विषयमा कुराकानी भएको थियो।

दुई नेताबीच भएको छलफलमा बैठकका एजेण्डाबारे छलफल भएको र सोमबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।

भेटवार्तामा कार्यदलको बैठकमा दुई पार्टीको साझा अवधारणा बनाएर जाने र साझा दस्तावेज तयार पारेर जानेबारेमा छलफल भएको बताइएको छ । छलफलमा पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमा समेत छलफल भएको बताइएको छ ।