प्रचण्ड र गृहमन्त्री शर्माको एक दिन :बाढीपीडितदेखि बालुवाटारसम्म - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्ड र गृहमन्त्री शर्माको एक दिन :बाढीपीडितदेखि बालुवाटारसम्म



काठमाडौं, बुधबारका दिन नेकपा माओवादी अध्यक्ष प्रचण्डको तीनवटा मुख्य कार्यक्रम रहेको खबर सचिवालयले सार्वजनि गर्यो । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सप्तरीलगायतका जिल्लामा बाढी र डुबान क्षेत्रमा राहत र उद्दारका कार्यक्रहरुको अवलोकन र राहतका लागि तराई मधेश झरेका थिए । सँगै थिए गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिव कुमार मण्डल ।

सप्तरीमा प्रचण्डले हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका–१५ देउरी भरुवाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरे । अति प्रभावित यो क्षेत्रमा प्रचण्डले बाढी पीडित जनतालाई सम्बोधन समेत गरे । उनले राहतको कुनै कमी हुन नदिने प्रचबिद्धता व्यक्त गरे ।

प्रचण्डले बाढीपीडित जनताको उद्दार र पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा आफ्नो पार्टीले पनि सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले बाढीले ठूलो क्षति गरेकाले राहतमा कुनै कमी हुन नदिने भन्नुभयो ।

 

तराई–मधेश, हिमाल, पहाड जहाँका जनता भए पनि आपतविपद् परेका बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै पहाडमा भूकम्प जाँदा तराईका जनताले निकै ठूलो हृदयले सहयोग गरे जस्तै अहिले तराईमा विपद् पर्दा पहाडका जनताले पनि सहयोग गर्ने बताए ।

अध्यक्ष प्रचण्डसहितको दुई मन्त्रीको टोलीले इनर्वाका ७० जना दलित परिवारलाई चामल, चाउचाउ, नून र पानी वितरण गरेको थियो ।

बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले रु दुई लाख दिने निर्णय गरेको भन्दै यसलाई बढाउनुपर्नेमा बाढीपीडितहरुले जोड दिएका छन् ।

उहाँहरुले एक हप्ता अगाडि बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग समेत भेट गरेका थिए ।

तराईबाट फर्केलगत्तै प्रचण्ड दुई वटा महत्वपूर्ण बैठकमा सहभागी थिए । बाढी प्रभावित क्षेत्रमा राहत र उद्दारलाई अझै तीब्र पार्ने, संविधान संशोधन र प्रदेश तथा केन्द्रको निर्वाचनको बारेमा सहमति जुटाउन तीन दल र सर्वदलीय बैठकमा प्रचण्डले विशेष भूमिका निर्वाह गरे ।