ओली पक्षीय नेताको आशंका प्रचण्ड-नेपाल मिले - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओली पक्षीय नेताको आशंका प्रचण्ड-नेपाल मिले



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारको क्रममा सिंगापुर गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक राखेर अन्तर पार्टी निर्देशिका समेत जारी गरेपछि ओली पक्ष निकै सशंकित भएको छ ।

ओली पक्षीय नेताहरु सशंकित बनेपछि उनीहरुकै डिजाइनमा अहिले वामदेव गौतम र विष्णु पौडेल ओली स्वास्थ्य उपचार बुझ्ने बहानामा सिंगापुर गएको बताइन्छ । ओली उपचारका लागि सिंगापुर जानुअघि वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीबीच विवाद उत्पन्न भएको र त्यसपछि प्रचण्डले पटक पटक वरिष्ठ नेता नेपाललाई भेटेर तुरुन्तै सचिवालय बैठक राखेका थिए ।

बैठकपछि प्रचण्डले एकल हस्ताक्षर गरेर पार्टी नेता कार्यकर्ताले जथाभावी बोल्न नपाउने, समाजिक सञ्जालमा गाली गर्न नपाउने भन्दै १७ पेजको अपानी जारी गरेका थिए । प्रचण्डको अध्यक्षतामा पहिलो बैठक बसेलगत्तै अर्को बैठक तयारी गर्न महासचिव पौडललेलाई निर्देशन दिएपनि अर्को बैठक बस्न सकेको छैन । यसको खास कारणचाहि वामदेव गौतमलाई संगठन विभागले के-के काम गर्ने हो त्यसको फेरिहस्त बनाउन बैठकले निर्देशन दिएपनि गौतमले कुनैपनि कार्ययोजना तयार गरेका थिएनन ।

दोस्रो बैठक स्थगित भए लगत्तै ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका थिए । सिंगापुरबाटै भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बसेको थियो । ओलीले सचिवालयको बैठक छल्नकै लागि मन्त्रिपरिषदको बैठक बोलाएकाे चर्चा छ । पार्टीभित्र चरम विवाद बढिरहँदा मंगलबार ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनकै लागि भनेर विष्णु पौडेल सिंगापुर गए भने त्यसको भोलिपल्ट वामदेव गौतमलाई प्रधानमन्त्री ओली आफैले फोन गरेर बोलाए । गौतमलाई फोन नै गरेर बोलाउनु पर्ने परिस्थित भने पार्टीको आन्तरिक विवादलाई साम्य पार्नु र यो बीचमा नेपाल प्रचण्ड मिलेर अपानी जारी गरेका हुन कि भन्ने आशंकालाई निवारण गर्नु रहेको छ ।

ओली निकट एक नेताका अनुसार ओली नभएका बेला प्रचण्डले पार्टीको एकता प्रकृयालाई पनि अघि बढाएको र जिम्मेवार बाँडफाँडमा ओलीको सहमति नलिएका कारण नेपाल प्रचण्ड मिलेको आशंका स्वाभाविक रुपमा गरिएको छ । ओलीले पनि पार्टी कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नकै लागि पौडेल र गौतमलाई सिंगापुर बोलाएको आशंका ओली पक्षीय नेताहरुले गरेका छन् ।