‘प्रचण्ड’ले भने : जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता हुदैन - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

‘प्रचण्ड’ले भने : जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता हुदैन



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता हुन नसक्ने बताएका छन् ।

वाइसीएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा ‘समसामयिक परिस्थितिमा युवाहरुको भुमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार अपरान्ह सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पर्नु हो । जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।’

अध्यक्ष प्रचण्डले ठूलो लक्ष्य लिएको पार्टी, वैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । यात्राको क्रममा थकाई मार्ने र निरन्तर आगाडि बढ्ने बताए ।

वाइसीएल नेपाल पुनर्गठन भएपछि अग्रगामी सोच र कार्यक्रम विकास गर्दै सक्रिय भूमिका निभाउदै अगाडि बढेको भन्दै संगठनप्रति खुशी ब्यक्त गरे ।

पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साहप्रति आफू सकारात्मक रहेको बताए ।

यतिवेलाको नेताहरुको स्वभाव र व्यवहारप्रति संकेत गर्दै प्रचण्डले भने, ‘पहिला नेताहरु त्याग, बलिदानको प्रतिस्पर्धा गर्न तयार हुन्थ्यो । तर अहिले लाभको पद लिन प्रतिस्पर्धा गर्छन् ।’

कार्यक्रममा वरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बिकास र सम्वृद्धि ल्याउन दलाल पुँजीपतिलाइ निस्तेज गर्नै पर्ने बताए ।

नेता बादलले हरेक क्षेत्रका सिण्डिकेट अन्त्य गरि दलाल पूँजीबादलार्इ जरैदेखि फाल्ने । हुन्डी ,मदिरा तस्करी ,मानब तस्करी ,बैदेशिक रोजगार ठगी, गुन्डा डन हरुलाई सखाप पार्न वाइसीएल लाग्नु पर्ने बताए ।

कार्यक्रममा अर्का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र वाइसीएल् इन्चार्ज मणि थापालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।