‘प्रचण्ड’ करिब दोब्बर मतले अगाडी ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

‘प्रचण्ड’ करिब दोब्बर मतले अगाडी !



चितवन, मंसिर २३ ।

चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दोब्बर मतले अग्रता लिएका छन् ।

पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्ष प्रचण्डले २१७६ मतले अग्रता लिई रहेका छन् । प्रचण्डले मतान्तरलाई फराकिलो बनाउदै लगेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले ५३४४ मत प्राप्त गरि अगाडि छन् । भने राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वनमन्त्री विक्रम पाण्डेले ३१६८ मत ल्याएर प्रचण्डलाई पछ्याई रहेका छन् ।

चितवनका वाँकी आठ क्षेत्रमा पनि वाम गठबन्धनमा उम्मेदवार निकै अगाडि रहेका छन् । तीन प्रतिनिधि र ६ प्रदेशसभा सदस्य रहेका चितवन क्षेत्र १ मा एमालेका सुरेन्द्र पाण्डे र २ मा कृष्णप्रसाद पोखरेल प्रतिनिधिसभाका लागि उम्मेदवार छन ।