प्रचण्डका घरबेटी विरुद्ध संघर्ष समिति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डका घरबेटी विरुद्ध संघर्ष समिति



वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको फाटाहीविरुद्ध नुवाकोटमा संघर्ष समिति बनेको छ ।

भक्तपुर–नगरकोट जोड्ने सडक निर्माणको कामको ठेक्का लिएका अधिकारीले ७ बर्षसम्म पनि काम पूरा नगरेपछि उक्त क्षेत्रमा संघर्ष समिति गठन भएको हो ।

अधिकारीको शैलुङ कन्ट्रक्स्नले एक्जिम बैंक भारतको सहयोग रहेको उक्त सडक निर्माणको ठेक्का लिएको थियो ।

समयमा सडक निर्माण सम्पन्न नभएपछि धुलो, धुवाँ, हिलो र खाल्डाखुल्डीले हैरानी पारेको भन्दै स्थानीयवासीले संघर्ष समिति गठन गरी आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

नगरकोट, मण्डनदेउपुर, छालिङ, वागेश्वरी, सडालका सर्वसाधारणको भेलाले राजकुमार लामिछानेको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो ।सविता खत्री सह संयोजक र रमेश अधिकारी सचिव रहेको उक्त समितिले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विहीबार ज्ञापनपत्र बुझाएको थियो ।

५ महिनाभित्र उक्त सडक पूर्ण रूपमा बनिसक्नुपर्ने समितिको माग छ । जग्गाको मुआब्जा दिनुपर्ने, नाली र जोखिमयुक्त स्थानका सडकमा रिटेनिङ वाल र निर्माणको काम गुणस्तरीय हुनुपर्ने समितिको माग छ ।

उक्त समितिले ठेकेदार अधिकारीसहित प्रदेश सरकार, भौतिक मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयमा पनि ज्ञापनपत्र बुझाउने भएको छ ।
२० किलोमिटर लम्बाई रहेको उक्त सडक २ बर्षमा बनाइसक्नुपर्ने सर्त थियो । तर प्रचण्डका घरबेटी अधिकारीले शक्तिको आडमा सर्वसाधारणलाई मर्का पार्दै काम समयमा सकेका छैनन् ।