प्रचण्डलार्इ अबदेखि निवासमा भेट्न नपाउने, के छ ब्यबस्था ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डलार्इ अबदेखि निवासमा भेट्न नपाउने, के छ ब्यबस्था ?



काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएकाे छ । प्रचण्डलाई भेट्न दिनहुँ सयौंकाे संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणकाे भीड लाग्न थालेपछि सबै भेटघाटकाे कार्यक्रम पेरिसडाँडाबाट गर्न लागिएकाे हाे ।

प्रचण्डकाे सचिवालयले दिएकाे जानकारी अनुसार प्रचण्ड अाफैले बाेलाएका व्यक्तिले बाहेक अरुले खुमलटार निवासमा भेट पाउने छैनन् ।
पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयकाे व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलाे हुने भएकाले प्रचण्डसँगकाे परामर्शमा सचिवालयले यस्ताे निर्णय गरेकाे हाे ।

सचिवालयले अध्यक्ष प्रचण्डसँग भेटघाटकाे समयका लागि केन्द्रीय कार्यालयका मूख्य सचिव प्रहलाद बुढाथाेकी (९८५२०२५५१७), कार्यालय सचिवहरु श्रीराम ढकाल (९८५१०४५७९९), प्रकाश पाेखरेल (९८५१२२५४४०) वा कार्यालयकाे फाेन ०१-४६०२२९०, ०१-४६०२२८८ मा सम्पर्क गर्न पनि अनुराेध गरेकाे छ ।