प्रचण्डको प्रस्तावले एमाले भित्र त्राश ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रचण्डको प्रस्तावले एमाले भित्र त्राश !



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टी कमिटीमा दुवै पक्षका बराबरी संख्यामा नेता-कार्यकर्ता समेटिनुपर्ने भनेपछि बाम गठबन्धनका शुभचिन्तक र एमाले पार्टी भित्र खैलाबैला मच्चिएको छ ।

अब बन्ने संयुक्त पार्टीको सबै तह र तप्कामा बराबर जसो पधाधिकारी राख्ने प्रस्ताव प्रचण्डले एमालेसंग गरेसंगै अब पार्टी एकता नहुने हो कि भन्ने शंका उत्पन्न भएको छ ।

उता भारतले हेपेको महसुस गरेर ओलीले भारत भ्रमण अगावै पार्टी एकता गर्ने प्रस्ताव गरेपछि प्रचण्डले फिफ्टी-फिफ्टीको कार्ड फालेका हुन् । भारतले अनावस्यक सर्त राखेको र पहिले जस्तै हेपाहा ब्यबहार देखाएपछी ओलीले भ्रमण अगावै एकता गर्ने प्रस्ताव गरेका हुन् ।

अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत पार्टीको केन्द्रीय संरचनादेखि तल्ला कमिटी कति संख्याको बनाउने र कुन पार्टीले कति प्रतिशतका आधारमा नेता–कार्यकर्ता व्यवस्थापन गर्ने भन्नेमा शीर्ष दुई नेताको निर्णय पर्खिएका बेला दाहालको पछिल्लो प्रस्ताव आएको हो ।

दुई पार्टीबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँट भएको थियो । तर, चुनावी परिणाममा एमाले ७० र माओवादी केन्द्र ३० को नतिजामा देखिएपछि सरकार गठनमा भने ७०–३० को भागबन्डा भएको थियो।

तर, माओवादीले पार्टी एकता भने सिट बाँडफाँट र चुनावी नतिजाले मात्र निर्धारण नगर्ने भन्दै समानताको सिद्धान्तका आधारमा दुवै पक्षको समान हैसियत हुनुपर्ने बताउँदै आएको छ ।

दाहालले एमालेमा भन्दा माओवादीमा पूर्णकालीन र जुझारु कार्यकर्ता बढी भएको र विगतमा माले९माक्र्सवादीबीचको एकता, माओवादीले विभिन्न समूहसँग गरेको एकता समान ढंगले नै गरेकाले अहिले पनि दुई पार्टी एकता दुवै पक्षको अस्तित्व स्वीकार गरेर गरिनुपर्ने बताएका हुन् ।

दुई पार्टीबीच प्रधानमन्त्रीको आसन्न भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी तयारी हुन थालेपछि अब छलफल पार्टी कमिटीका आकार र कमिटीमा प्रतिनिधित्वका विषयमा केन्द्रित हुन थालेको छ ।