प्रचण्डविरुद्ध अमेरिकामा उजुरी : अब के हुन्छ ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी : अब के हुन्छ ?



काठमाडौं- पत्नी सीता दाहालको उपचारका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी परेको छ।

केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले अध्यक्ष प्रचण्डविरुद्ध उजुरी गरेका हुन्। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन्।

‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए। पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।

प्रचण्डविरुद्ध दायर उजुरी यस्तो छ :