प्रचण्डको पनि स्वास्थ्यमा समस्या देखियो - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रचण्डको पनि स्वास्थ्यमा समस्या देखियो



काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्कासी बिरामी परेका छन्।

रुघाखोकी लगायत समस्या देखिएपछि प्रचण्ड सोमबारदेखि आफ्नै निवास खुमलटारमा आराम गरिरहेको बताइएको छ ।

प्रचण्डले मंगलबारदेखि राजनीतिक भेटघाट पूर्णरुपमा बन्द गरेको बताइएको छ ।

चिकित्सकहरुले घरमै आराम गर्न सल्लाह दिएपछि उनले बाहिरका कार्यक्रम पनि स्थगित गरेको ती नेताले बताए।

नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका बेला प्रचण्ड पनि बिरामी परेका हुन्।

प्रचण्डले ओलीलाई फोनमार्फत नै स्वास्थ लाभको कामना गरेका थिए।