प्रचण्डले सिकाए युवाहरूलाई सफलताका सुत्र - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रचण्डले सिकाए युवाहरूलाई सफलताका सुत्र



काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले १० वर्ष युद्धको नेतृत्व गरेको भन्दै आफूलाई गौरवशाली ठान्ने गरेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘म यस अर्थमा आफूलाई बडो गौरवशाली ठान्छु। मैले युद्धको नेतृत्व गरेँ १० वर्ष सम्म। त्यो पनि नेपालको इतिहासमा कहिले नभएको युद्धको सुप्रिम कमाण्डर भएर नेतृत्व गरेँ।’

अध्यक्ष प्रचण्डले आफूलाई विस्तृत शान्ति सम्झौताको समेत नेतृत्व गर्ने अवसर प्राप्त गरेको स्मरण गरे। उनले त्यो अवसर सबैलाई प्राप्त नहुने भन्दै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशी संविधान निर्माणको समेत नेतृत्व गर्ने अवसर प्राप्त भएको बताए।

उनले आफू दोस्रोचोटी प्रधानमन्त्री भएको बेला नै संविधानको कार्यान्वयनमा जोड दिएको बताए। प्रचण्डले युवाहरुलाई दृढ संकल्पसहितको उद्देश्यकासाथ अघि बढ्न सुझाव समेत दिए। उनले भने, ‘सपना बनाउनुहोस्। दृढता राख्नुहोस्। सफलता तपाईंकै हातमा हुन्छ।’

अध्यक्ष प्रचण्डले विदेशमा रहेका ५०/६० लाख युवाले विदेशमा आर्जन गरेको सीप, क्षमता स्वदेशमा लागू गर्नुपर्ने बताए।