प्रचण्ड सुकुटे जानुको रहस्य ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्ड सुकुटे जानुको रहस्य !



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्कासि सिन्धुपाल्चोकको सुकुटे गए । सुकुटे पुगेको यो पहिलो पल्ट भने होइन । उनि कुनै महत्वपुर्ण निर्णय गर्नुपर्ने भयो भने सुकुटे जाने गरेका छन् ।

खुमलटार स्रोतका अनुसार आराम गर्नका लागि प्रचण्ड सिन्धुपाल्चोक गएका हुन् । प्रचण्ड सिन्धुपाल्चोकको सुकेटस्थित इक्वेडर बिच रिर्सोटमा बस्ने गर्छन । प्रचण्ड हिजो आराम गरेर आज काठमाडौं फर्कदैछन । संयोग यस्तो छ कि उनि सुकुटे बाट सिधै बालुवाटार जाँदै छन् । बालुवाटारमा पार्टी एकिकरणको निर्णायक बैठक छ ।

हिजो नेकपा एमालेका अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताबारे ‘वान टु वान’ वार्ता गर्ने बताइएको थियो तर प्रचण्डले समय नदिएको कारण यो बैठक बस्न सकेको थिएन । सम्मानजनक हैसियत र जनयुद्ध शब्दबारे पार्टी एकताबारे विवाद चलिरहँदा प्रचण्ड सुकुटे पुगेका हुन् ।

यसअघि पनि प्रचण्ड तनाव हुँदा सुकुटेको सोहि रिर्सोटमा गएर आराम लिने गरेका थिए । महत्वपूर्ण राजनीतिक निर्णय लिँदा प्रचण्ड प्राय सुकुटे जाने गरेको उदाहरण छ ।