प्रचण्डले भने- म सीतालाई आदर्श नारी मान्छु - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रचण्डले भने- म सीतालाई आदर्श नारी मान्छु



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीतालाई आफूले आदर्श नारी मानेको बताएका छन्।

राष्ट्रिय विभूति सीताको नाममा मनाइने सीतानवमी पर्वका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘सीताबारे म विद्वान हैन। इतिहासको ज्ञाता हैन। तर पनि सीतालाई आदर्श नारी, आमा, पत्नी र आदर्श महिला मान्छु।’

उनले रामनवमी जसरी सीतानवमी अलिक कम गरी मनाउने विषयबारे बहस गर्न सकिने बताए।

‘रामबिना सीता र सीताबिना राम पूर्ण हुन सक्दैनन्। तर रामलाई बडो धुमधामसँग मनाउने र सीताकोमा यस्सो जन्मिएको हो भन्नुले ले कहीँ न कहीँ हाम्रो पृतिसत्तावादी सोच र समाजको मनोवैज्ञानिक असर हो,’ प्रचण्डले भने, ‘यथार्थमा समानता र समातामूलक समाजको सामाजिक न्यायको कुरा गर्छौं भने रामभन्दा कम सीतालाई मान्न हुँदैन। महिला हुनुको नाताले सीताको अझ त्योभन्दा बढी चर्चा हुनुपर्छ। सीताको सम्मान हुनुपर्छ। सीताको भूमिकालाई स्थापित गरिनुपर्दछ।’

उसले त्यसो गर्दा रामको विरोध नहुने बरू न्यायपूर्ण हुने बताए। सीताको जन्मबारे विभिन्न कोणबाट कथाहरू बनाइएकोबाट उनी अपहेलित छोरी थिइन् भन्ने पुष्टि हुने दाहालले बताए।

‘सीता जन्मबारे विभिन्न कथा छन्। कहीँ जमिनमा जोतेर पनि मान्छे भेटिन्छ र ? जमिनबाट उम्रन्छ र मान्छेरू त्यस्तो त हुँदैन।

विभिन्न कथाहरू छन्। अद्भुत रामायणमा सीतालाई रावणले सन्दुकमा बाकसमा ल्याएर जनकपुरमा फालेको हो। अनि जनक राजाले खेत जोत्दा भेटे,’ दाहालले भने, ‘बाकस भित्र बच्ची भेटेर हुर्काएको पनि भन्ने छ। जे भए पनि के अर्थ लाग्छ भने सीता लावारिस रूपमा फालिएकी बच्ची थिइन्।’