सरकार र पार्टीको कामबाट सन्तुष्ट छैनन् प्रचण्ड - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सरकार र पार्टीको कामबाट सन्तुष्ट छैनन् प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मानव जातीको भविष्य समाजवादबाट मात्र सुनिश्चित हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातिको भविश्य सुनिश्चित नहुने बताए ।

कम्युनिस्ट पार्टीका लागि काम देखाउने समय आएको भन्दै उनले अहिले नगरिए इतिहासले धिक्कार्ने बताए ।

अध्यक्ष दाहालले अहिलेको अवसरको सदुपयोग गर्न पार्टीलाई एक ढिक्का बनाउँदै सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए ।

सरकार र पार्टीको काम प्रभावकारी नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाउँदै गुणात्मक ढंगले जनताको मन जित्नु पर्ने बताए ।

साउन महिनाबाट पार्टीको नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाइने उनको भनाइ थियो ।

कार्यक्रममा संस्थापक सदस्य कर्मचार्यको तस्विरमा माल्र्यापण गरीएको थियो ।