प्रचण्डले भने: अहिलेको संघीयता मलाई पनि मन परेन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रचण्डले भने: अहिलेको संघीयता मलाई पनि मन परेन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संघीयता आफुलाई पनि मन नपरेको बताएका छन् । उनले आफूहरूले एउटा रोपेको तर फल अर्कै लागेको भन्दै सङ्घीयता गलत दिशामा रहेको बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालले शनिबार गरेको कार्यक्रममा उनले भने, ‘जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याए। हामी असफल भयौं भने राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ।’

उनले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको भन्दै संघीयता जनतालाई बोझ थप गर्न नभएको बताए। ‘जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्न संघीयता ल्याएको हो’ उनले भने।

 उनले जनतालाई घरदैलोमा नै सेवा दिने बताए। ‘हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ,’ उनले भने। उनले अब समृद्धि र विकासको दशक भएको बताए।